बुधबार, कात्तिक २७, २०७६

समाचार

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिकाको मृत्यु 

सल्यानमा पहिरोले घर बगाउँदा पुरिएका तीन जना बालकालिकाको मृत्यु भएको छ ।  बागचौर नगरपालिका- १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घरमाथिबाट आइतबार बिहान पहिरो आउँदा उनका छोरीहरु दश वर्षिया ललिता, ४ बर्षिया मेनका र ७ वर्षिया छोरा ललित डाँगीको पुरिएर मृत्यु भएको हो । 

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिकाको मृत्यु 
सल्यान- सल्यानमा पहिरोले घर बगाउँदा पुरिएका तीन जना बालकालिकाको मृत्यु भएको छ । 

बागचौर नगरपालिका- १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घरमाथिबाट आइतबार बिहान पहिरो आउँदा उनका छोरीहरु दश वर्षिया ललिता, ४ बर्षिया मेनका र ७ वर्षिया छोरा ललित डाँगीको पुरिएर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोले पुरिका तीन जना बालबालिकाको शव सोमबार करिव ५ बजेतिर निकालिएको छ । पहिरोले बालाराम डाँगी र उनकी श्रीमती सामान्य घाइते भएका छन् ।

‘वावु आमा भैसी दुहन गएको र वालवालिकाहरु भान्सा कोठामा खाना खादै गर्दा पहिरो आएको रहेछ ।’ सल्यानका डिएसपी विरेन्द्र शाहले भने ‘प्रहरी र स्थानीयको सक्रियतामा विहान मात्रै तीनै जना बालकालिकाको शब निकालिएको छ ।’

यस्तै सल्यानकै बागचौर –५ आला गोठीवनमा सोमबार बिहान पाँचबजेतिर धनबहादुर ओलीको गोठ भत्किएको छ । तर मानविय क्षति भने हुन पाएको छैन् । सल्यानमै गएको १२ गते मात्रै बागचौर नगरपालिका ४ मा घरको दलिन भाँचिदा एक घरमा ५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्