बुधबार, कात्तिक २७, २०७६

समाचार

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिका पुरिए

सल्यानमा आइतबार साँझ करिव ५ बजेतिर पहिरो गएको छ । बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलामा गएको पहिरोले एक घर बगाएको छ ।   जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी विरेन्द्र शाहले दिएको जानकारी अनुसार घरमा बसीरहेको तीन जना बालबालिका समेत पहिरोमा परेका छन् । शाहका अनुसार पहिरोले बालाराम डाँगीको घरसँगै उनका २ छोरी र एक छोरालाई बगाएको हो ।

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिका पुरिए
सुर्खेत– सल्यानमा आइतबार साँझ करिव ५ बजेतिर पहिरो गएको छ । बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलामा गएको पहिरोले एक घर बगाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी विरेन्द्र शाहले दिएको जानकारी अनुसार घरमा बसीरहेको तीन जना बालबालिका समेत पहिरोमा परेका छन् । शाहका अनुसार पहिरोले बालाराम डाँगीको घरसँगै उनका २ छोरी र एक छोरालाई बगाएको हो ।

रात परिसकेको र पानी नरोकिएका कारण उद्धारमा कठिनाई भएकोे प्रहरीले जानकारी दिएको छ । उद्धारका लागि प्रहरी चौक घटनास्थलतर्फ लागेको र टेलिफोनले काम नगरेको कारण घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको डिएसपी शाले बताए । 

गएको १२ गते मात्रै बागचौर नगरपालिका ४ मा घरको दलिन भाँचिदा एक घरमा पाँच जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्