मंगलबार, कात्तिक २६, २०७६

समाचार

आन्दोलन गर्ने डाक्टरलार्इ कारबाही गर्ने चेतावनी

सरकारले आन्दोलनरत चिकित्सकहरुलार्इ काममा फर्कन आग्रह गरेको छ । नयाँ मुलुकी ऐनको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूप्रति आक्रामक बेको सरकारले नियमित काममा नफर्के अत्यावश्यक सेवा ऐन अनुसार कारबाही गरिने चेतावनी दिएको छ । 

आन्दोलन गर्ने डाक्टरलार्इ कारबाही गर्ने चेतावनी
काठमाडौं- सरकारले आन्दोलनरत चिकित्सकहरुलार्इ काममा फर्कन आग्रह गरेको छ । नयाँ मुलुकी ऐनको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूप्रति आक्रामक बेको सरकारले नियमित काममा नफर्के अत्यावश्यक सेवा ऐन अनुसार कारबाही गरिने चेतावनी दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही गर्ने जनाएको छ । 

हेर्नुहोस सरकारले आइतबार जारी गरेको विज्ञप्ती


अत्यावश्यक सेवा ऐनको दफा ४ मा ‘निषेध गरिएको हडताल गर्ने वा त्यसमा भाग लिने वा भाग लिइराख्ने व्यक्तिलाई सजाय’को व्यवस्था छ। जसअनुसार यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हडताल कुनै व्यक्तिले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरूले आइतबार काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेका थिए। नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ।
प्रतिक्रिया दिनुहोस्