बुधबार, कात्तिक २७, २०७६

समाचार

विराटनगरको बम काण्डमा तीन पक्राउ

विराटनगर महानगरपालिका परिसरमा बम विस्फोट भएको २१ दिनपछि प्रहरीले तीन आरोपितलाई सार्वजनिक गरेको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । 

विराटनगरको बम काण्डमा तीन पक्राउ
इटहरीः विराटनगर महानगरपालिका परिसरमा बम विस्फोट भएको २१ दिनपछि प्रहरीले तीन आरोपितलाई सार्वजनिक गरेको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । 

प्रहरीले आरोपित भनेर सार्वजनिक गरेकाहरूमा सिराहा खुसीपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव, मोरङको जहदा गाउँपालिका २ का ५३ वर्षीय मनोजकुमार सिंह छन् । 

यस्तैगरि,  सिराहाको लक्ष्मिपुरपतार गाउँपालिका ३ का २० बर्से अभिमनु गिरी पनि बम कान्डका आरोपितहरूको रूपमा पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । 

अरोपितहरुमा एक सिंहलाई विराटनगर र बाँकी दुईलाई सिराहाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुलाइ प्रदेश १ र प्रदेश २ का प्रहरी कार्यालयहरुको संयुक्त सहयोगमा पक्राउ गरेको पनि प्रहरीले आफ्नो प्रेस नोटमा उल्लेख गरेको छ । 

पक्राउ परेकाहरु भुमिगत संगठनको रुपमा रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको देखिएको छ’, मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले भने, ‘पक्राउ परेकाहरुलाइ विस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भइ रहेको छ ।’

२७ साउनमा विराटनगरमा भएको बम  विस्फोटले मेयरको गाडीका सिसा र वरपरका झ्याल र कुर्सीहरू फुटेका थिए । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा भएको विस्फोट मेयरको कार्यकक्षमै जोडिएको पर्खाल छेउमा भएको थियो । 

अनुसन्धानका क्रममा महानगरपालिकाको सिसी क्यामेराले त्यो दिन काम नगरेको देखिएको थियो । घटना भएकै दिन महानगरको सिसी क्यामेराले काम नगरेको देखिएपछि घटना झनै रहस्यमय भएको थियो ।

महानगरको सिसी क्यामेराले काम नगरेपनि  महानगर बाहिर सडक सुरक्षाको लागी राखिएको सिसी क्यामेराबाट विस्फोटका आरोपितहरू पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले बताए । 

आरोपितहरुले सरुमा झोला बोकेर छिरेको तर पछि निस्कदा खाली आएको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । विराटनगर महानगरमा बम विस्फोट भएपछि मेयर भीम पराजुलीको सुरक्षाको लागी सरकारले  पिएसओ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्