बुधबार, कात्तिक २७, २०७६

समाचार

चुनाव सकिएको एक बर्षपछि ५० प्रतिशतको माग

नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले स्थानीय तहको चुनाव सकिएको बर्ष बितेपछि चुनावमा ५० प्रतिशत महिलालाई टिकट दिन माग गरेको छ। नेपाल महिला संघको केन्द्रीय कार्य समितिले गरेको निर्णय सार्वजनिक गर्न  आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले चुनाव लड्नलागि स्थानीय तहमा ५० प्रतिशत महिलालाई टिकन दिन पार्टी नेतृत्वसमक्ष दबाब दिएको बतायो।

चुनाव सकिएको एक बर्षपछि ५० प्रतिशतको माग
काठमाडौं-नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले स्थानीय तहको चुनाव सकिएको बर्ष बितेपछि चुनावमा ५० प्रतिशत महिलालाई टिकट दिन माग गरेको छ।

नेपाल महिला संघको केन्द्रीय कार्य समितिले गरेको निर्णय सार्वजनिक गर्न  आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले चुनाव लड्नलागि स्थानीय तहमा ५० प्रतिशत महिलालाई टिकन दिन पार्टी नेतृत्वसमक्ष दबाब दिएको बतायो।

कांग्रेस महामन्त्री तथा बिधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खडकालाई विधानमा शंशोधन गरी स्थानीय तहमा ५० प्रतिशत र प्रदेश तथा संघमा न्युनतम ३३ प्रतिशत महिलालाई टिकट  दिने व्यवस्था गर्नको लागि सुझाव दिएको अध्यक्ष रेग्मीले बताइएन्। 

राजनीतिक दल सम्वन्धी ऐनमा भने हरेक राजनीतिक दलले संगठनका हरेक तहमा एक तिहाई अर्थात करिव ३४ प्रतिशत महिलाको प्रतिनिधित्व गर्नु पर्ने व्यवस्था गरेको छ। 

महिला संघले वार्डदेखि केन्द्रीय कार्य समितिसम्मका हरेक निकायमा पदाधिकारी सहित न्युनतम ३३ प्रतिशत महिलाको सुनिश्चित गर्न, क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा सक्रिय रुपमा काम गरेकालाई प्राथमिकता दिने र संसदीय समितिदेखि हरेक तहमा सम्बन्धित तहको महिला संघको अध्यक्षलाई समावेस गर्न माग गरेको छ।

संघले केन्द्रीय अध्यक्ष, जिल्ला अध्यक्ष, केन्द्रीय कार्य समितिका सदस्य र पदाधिकारीलाई समेत संसदीय सदस्यमा राख्न सुझाएको छ। बैठकले क्रियाशिल सदस्यता प्रत्येक बर्ष नविकरण गर्नुपर्ने, अधिवेशन हुनु एक बर्ष अघि नविकरण र वितरण गरिसक्नु पर्ने निर्णय गरेको छ। 

संघले क्रियाशिल सदस्यता छानबिन गठन गर्दा जिल्ला समिति स्तरकै बनाउनु पर्ने, जिल्लामा भएका पार्टीको केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, पार्टीका सांसदहरु, महासमिति सदस्य, पूर्बजिल्ला सभापति र महिला संघका जिल्ला अध्यक्षलाई समेत समितिमा राख्नु पर्ने माग गरेको छ। 

महिला संघ अध्यक्ष उमा रेग्मीले पार्टी महाधिवेशमा भातृ र शुभेच्छुक संस्थाबाट छनोटमा परेकाहरुलाई निर्वाचनमा उम्मेदवार हुने अधिकार समेत दिन माग गरिन्। कांग्रेसको केन्द्रीय तहमा २० प्रतिशित महिला छन् भने क्रियाशिल सदस्यताको ४१ प्रतिशत महिला छन्। 
 
प्रतिक्रिया दिनुहोस्