बुधबार, कात्तिक २७, २०७६

समाचार

भ्यानसंँग मोटरसाइकल ठोक्किदा हवल्दारको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राती भएको दुर्घटनामा परि भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय सहायक हवल्दार हरिश भट्टको मृत्यु भएको हो । 

भ्यानसंँग मोटरसाइकल ठोक्किदा हवल्दारको मृत्यु
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राती भएको दुर्घटनामा परि भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय सहायक हवल्दार हरिश भट्टको मृत्यु भएको हो । 

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । 

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ । रासस 
 
प्रतिक्रिया दिनुहोस्