मंगलबार, कात्तिक २६, २०७६

समाचार

परस्त्रीसँग शारीरिक सम्बन्ध राख्‍ने प्रिन्सिपल प्रहरी खोरमा

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीस्थित ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहु छिमेकी महिलासँग शारीरिक सम्बन्ध राखिरहेको समयमा रंगेहात पक्राउ परेका छन् ।

परस्त्रीसँग शारीरिक सम्बन्ध राख्‍ने  प्रिन्सिपल प्रहरी खोरमा
धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीस्थित ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहु छिमेकी महिलासँग शारीरिक सम्बन्ध राखिरहेको समयमा रंगेहात पक्राउ परेका छन् । शारीरिक सम्बन्धमा संलग्न महिलालाई पनि स्थनीयले पक्राउ गरी प्रहरीलाई बुझाएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । 

शनिबार दिउँसो रंगेहात पक्राउ परेका दुवै जनालाई कारवाहीको माग गर्दै आईतवार कनरीबाट सयौँको संख्यामा जिल्ला प्रहरी कार्यालय कैलालीमा आएका थिए । उनीहरुले स्कुलको सञ्चालक तथा प्रिन्सिपल भएर पनि समाजमा उच्श्रृखल काम गरेको भन्दै साहु र महिलालाई कारवाहीको माग गरेका छन् ।

दुवै जनालाई यस अघि पनि पटक–पटक आपत्तिजनक अवस्थामा भेटिएको भएपनि  सम्झाई बुझाई गरेको तर उनीहरुले नमानेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको स्थानीयले बताए। 
 
प्रतिक्रिया दिनुहोस्