मंगलबार, कात्तिक २६, २०७६

समाचार

'तल्ला कमिटीको गठनका लागि जनार्दनको फर्मुला

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले तल्लो तहको कमिटी प्रतिशतभन्दा आवश्यकताका आधारमा निर्माण गरिने बताएका छन् ।

'तल्ला कमिटीको गठनका लागि जनार्दनको फर्मुला
सुर्खेत- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा 'प्रभाकर'ले तल्लो तहको कमिटी प्रतिशतभन्दा आवश्यकताका आधारमा निर्माण गरिने बताएका छन् । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले एमाले र माओवादी केन्द्रका कमिटीलाई समायोजन गरिने बताए । दुर्इ वर्षमा महाधिवेशन गर्ने बताउँदै उनले प्रदेश र अन्य तहका कमिटी गठनका लागि कार्यदल बनाइएको र कार्यदलले स्थायी कमिटीमा रिपोर्ट बुझाएपछि माथिबाटै निर्णय हुने जानकारी दिए। नेकपाको नौ सदस्यीय सचिवालयको संख्या विस्तार गरी ११ पुर्‍याउने विषय गलत रहेको शर्माले बताए । 

कर्णाली प्रदेशमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेका कम आयोजना भएका कारण कम बजेट आएको भन्दै डीपीआर निर्माणको काम प्रदेश सरकारले तत्काल गर्ने र आगामी वर्षमा केन्द्र सरकारले बजेट लगानी गर्ने बताए । 

प्रदेश सरकार आफैंले पनि प्राकृतिक स्रोत र परिश्रमी जनताको साथबाट केन्द्रले दिएको बजेटभन्दा बढी काम गर्न सक्ने उनको भनाइ थियो । 'सबै कर्णालीवासीले सरकारले देखेको सपना साकार पार्न सहयोग गर्नुपर्छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस्