मंगलबार, कात्तिक २६, २०७६

समाचार

‘बजेटको खीसिटिउरी आवश्यक छैन’

उर्जामन्त्री बर्षमान पुनले सरकारले ल्याएको बजेटका विषयमा अनावश्यक टिप्पणी गर्नु जरुरी नरहेकोब ताएका छन् ।  नवलपरासीमा एन्भिपार इनर्जी एण्ड फर्टलाईजर प्रालीले शुरु गरेको वायोग्यास कम्पनीको अपरेसन उद्घाटन गर्दै सोचविचार गरेर ल्याएको बजेटले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने बताए । 

‘बजेटको खीसिटिउरी आवश्यक छैन’
रुपन्देही । उर्जामन्त्री बर्षमान पुनले सरकारले ल्याएको बजेटका विषयमा अनावश्यक टिप्पणी गर्नु जरुरी नरहेको  बताएका छन् । 

नवलपरासीमा एन्भिपार इनर्जी एण्ड फर्टलाईजर प्रालीले शुरु गरेको वायोग्यास कम्पनीको अपरेसन उद्घाटन गर्दै सोचविचार गरेर ल्याएको बजेटले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने बताए । 

बजेटलाइ लिएर नकारात्मक टिप्पणी भएको विषयमा प्रतिवाद गर्दै मन्त्री पुनले भने, ‘कसैले पनि बजेटको खीसिटिउरी गर्नु जरुरी छैन, १८ अर्बको पुँजिगत खर्च छ । आठ प्रतिशत आर्थिक वृद्धिदर हुनेगरी बजेट प्रस्तुत भएको छ । ’

मन्त्री पुनले उर्जा, सिंचाई  मन्त्रालयलाई एक खर्ब १० अर्बको बजेट विनियोजन भएको जनाउदैं अबको दशक उर्जा र सिंचाईको दशक हुने पनि बताए । 
प्रतिक्रिया दिनुहोस्