बुधबार, कात्तिक २७, २०७६

समाचार

टिप्पर दुर्घटना : सहचालकको मृत्यु 

पाल्पाको तानसेनमा ट्रिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका ८ नयाँ पार्टीमा भएको दुर्घटनामा ट्रिपरका सहचालक नवलपारासीको विनयी गाउँपालिकाका १८ वर्षका विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

टिप्पर दुर्घटना : सहचालकको मृत्यु 
रुपन्देही । पाल्पाको तानसेनमा ट्रिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तानसेन नगरपालिका ८ नयाँ पार्टीमा भएको दुर्घटनामा ट्रिपरका सहचालक नवलपारासीको विनयी गाउँपालिकाका १८ वर्षका विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा ३८ वर्षका भीम परियार घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर मृत्यु

यसैबीच नवलपरासीको गैडाकोट ३ ढोडेनीमा चट्टयाङले लागेर ७५ वर्षकी हेमकुमारी अस्लामी मगरको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बिहीबार राति सुतिरहेको अवस्थामा चट्टयाङले लागेर वृद्धाको मृत्यु भएको हो । 
प्रतिक्रिया दिनुहोस्