बिहिबार, मंसिर ५, २०७६

ब्लग

‘अब नेपाली सेनालाई ब्यारेकबाट  बोर्डरसम्म ’ 

सत्ता पक्षका एक सांसदले नेपाली सेनालाई ब्यारेकबाट बंकरसम्म मात्र नभइ ब्यारेकबाट बोर्डरसम्म लैजानुपर्ने अवस्था आएको बताएका छन्। शुक्रबार संसद्‍मा  बजेट माथिको छलफलमा सहभागी  नेकपाका सांसद् यज्ञराज सुनुवारले यस्तो धारणा राखेका हुन्। सरकारले आफ्नो नीति कार्यक्रममा नेपाली सेनालाई ब्यारेकदेखि बंकर सम्म भन्‍ने कार्यक्रम ल्याएको छ। 

‘अब नेपाली सेनालाई ब्यारेकबाट  बोर्डरसम्म ’ 
काठमाडौं - सत्ता पक्षका एक सांसदले नेपाली सेनालाई ब्यारेकबाट बंकरसम्म मात्र नभइ ब्यारेकबाट बोर्डरसम्म लैजानुपर्ने अवस्था आएको बताएका छन्।

शुक्रबार संसद्‍मा  बजेट माथिको छलफलमा सहभागी  नेकपाका सांसद् यज्ञराज सुनुवारले यस्तो धारणा राखेका हुन्। सरकारले आफ्नो नीति कार्यक्रममा नेपाली सेनालाई ब्यारेकदेखि बंकर सम्म भन्‍ने कार्यक्रम ल्याएको छ। 

‘अब नेपाली सेनालाई ब्यारेकबाट बंकर सम्म होइन, ब्यारेकबाट बोर्डर सम्म लैजानुपर्छ,  शुक्रबार संसद्‌मा  बजेट माथिको छलफलमा भाग लिदै एमाले सांसद यज्ञराज सुनुवारले भने। उनले सिमा मिचिएको, पिलर सारिएको अवस्थामा सेनालाई ब्यारेकमा  थन्क्याउनु नहुने र त्यसको रक्षका लागि परिचालन गर्नुपर्नेमा जोड दिए। 

सुनुवारले बाटो विस्तारका नाममा जथाभावी सडक भत्काएकोले सबारी दुर्घटना बढेको समेत तथ्य पेश गरेका थिए। उनले यो आर्थिक बर्षमा ९ सय ५० सबारी दुर्घटना भएको र त्यसमा १० हजार ५ सय ३५ घाईते, तीन हजारले ज्यान गुमाएको बताए। सुनुवारले भने ‘माओवादी युद्धमा भन्दा सडक दुर्घटनामा दोब्बरले ज्यान गुमाउनु  परेको छ।' 
 
प्रतिक्रिया दिनुहोस्