बुधबार, कात्तिक २७, २०७६

विदेश

एक वर्षमा १० लाखले चुरोट छोडे, तपाईँले कहिले ?

फ्रान्समा धुम्रपान गर्नेहरूको संख्या घट्दो क्रममा छ । सन् २०१६ देखि २०१७ को बीचमा १० लाखभन्दा बढीले चुरोट छाडेका छन् ।  पब्लिक हेल्थ फ्रान्सको सर्वेअनुसार ...

एक वर्षमा १० लाखले चुरोट छोडे, तपाईँले कहिले ?
पेरिस– फ्रान्समा धुम्रपान गर्नेहरूको संख्या घट्दो क्रममा छ । सन् २०१६ देखि २०१७ को बीचमा १० लाखभन्दा बढीले चुरोट छाडेका छन् । 

पब्लिक हेल्थ फ्रान्सको सर्वेअनुसार बितेका दशकमा यति ठूलो परिवर्तन देखिएको थिएन । खासगरी, कम आय हुने वर्ग र युवामा धुम्रपान गर्नेहरू घटेको देखिएको छ । 

सरकारले सञ्चालनमा ल्याएको धुम्रपानविरोधी अभियानको प्रगतिका रूपमा यसलाई हेरिएको छ । अभियानका क्रममा सुर्ति उत्पादनमा नियन्त्रण, चुरोट छाड्नेलाई पुरस्कृत गर्ने र मूल्य बढाउने सरकारी नीति छ । 

सर्वेक्षणअनुसार सन् २०१७ मा १८ देखि ७५ वर्षका २६.९ प्रतिशत मानिस धुम्रपान गर्थे । सन् २०१६ मा उक्त आँकडा २९.४ प्रतिशत थियो । यस अवधिमा धुम्रपान गर्नेहरूको संख्या एक करोड ३२ लाखबाट एक करोड २२ लाखमा झरेको छ । 

स्वास्थ्यमन्त्री एग्नेस बुजिनले धुम्रपान छाडेकालाई आभार प्रकट गरेका छन् । उनी भन्छन्, 'सुर्तिले मानिसलाई असमानतातिर धकेल्न सक्छ र निम्न आय भएकालाई थप घृणित बनाउन सक्छ ।' 

यसअघिको सरकारी नीति चुरोट सेवनकर्ताको संख्या घटाउनेभन्दा बढाउने प्रकारको थियो । सरकारी नीति फेरिँदा सामाजिक परिवर्तन नै आएको छ । 

संसारभरमा हरेक १० जनामा एकको मृत्युको कारण धुम्रपान हुने गर्छ । र, धुम्रपानका कारण मर्नेहरूको आधा संख्या चीन, भारत, अमेरिका र रुसको हुन्छ । 

विश्लेषकहरू भन्छन्, 'धुम्रपान त्यस्तो महामारी हो, जुन धनी देशमा नभई कम आयवर्गका मुलुकमा फैलिएको छ ।' बीबीसी
 
प्रतिक्रिया दिनुहोस्