सोमबार, मंसिर २३, २०७६

समाचार

बलात्कारपछि हत्याभएकी बालिकाको शव आफन्तले बुझेनन, न्याय माग्दै सडकमा

बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा उखुबारीमा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तको शव आफन्तले अहिले सम्म पनि बुझेका छैनन् ।  हत्यारालाई कारवाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार दिनभर प्रर्दशन भएको छ । स्थानीय र कांग्रेस निकट नेपाल महिला संघ, नेपाल दरुण दल र नेविसंघले प्रर्दशन गरेका हुन् ।

बलात्कारपछि हत्याभएकी बालिकाको शव आफन्तले बुझेनन, न्याय माग्दै सडकमा
धनगढी-बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा उखुबारीमा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तको शव आफन्तले अहिले सम्म पनि बुझेका छैनन् । 

हत्यारालाई कारवाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार दिनभर प्रर्दशन भएको छ । स्थानीय र कांग्रेस निकट नेपाल महिला संघ, नेपाल दरुण दल र नेविसंघले प्रर्दशन गरेका हुन् । हत्याराको पहिचान गरी, दोषिलाई कारवाही हुनुपर्ने, घटना स्थलमा अस्थायी प्रहरीविटको माग राख्दै माग अघि सार्दै स्थानीय एवं कांग्रेस निकटका तीन भातृ संगठनले बजारका साथै विदाका दिन पनि नगरपालिका मुल गेटमा प्रर्दशन गरेका छन् । 

नेविसंघ कञ्चनपुरका नेता किशोर प्रशाद जोशीले सरकारले घटनालाई गम्भिर रुपमा नलिएका कारण बाध्य भएर दवाव दिनका लागि सडकमा आएको बताए । 'छात्रा माथी बलात्कार पछि हत्या भएको छ,' उनले भने, 'यस्तो जघन्य अपराध नेविसंघलाई सह्य हुँदैन ।' नेपाल महिला संघका केन्द्रीय सदस्य रमिला देउवाले दोषीलाई कारवाहीको माग राख्दासमेत महिला अधिकारकर्मीबाट धरकपट गरिएको बताउँदै त्यस बिरुद्धसमेत प्रर्दशन गरेको बताए । 

'एउटी नारीमाथी यस्तो क्रुर हत्या भएको छ,' उनले भने, 'यहाँका महिला अधिकारकर्मी चुप लागेर बसेका छन्, हामी बाध्य भएर न्यायका लागि सडमा आएका हौँ ।' स्थानीय एवं नेपाल महिला संघ, नेपाल विद्यार्थी संघले र दरुण दलले प्रर्दशन जारी राखेका छन् । शुक्रबार अवेरसाँझ मृतक निर्मालाको शवको पोष्टमाष्र्टम भएपनि आफन्तले अहिलेसम्म शव बुझेनन् । मृतकका आफन्त भोजराज पन्तले घटनाका दोषिलाई सार्वजनिक, घटना स्थलमा प्रहरीविट, पीडित परिवारलाई न्याय नदिलाउन्जेल सम्म शव नबुझ्ने बताए । मृतक निर्मलाको शव पोष्टमाष्र्टमपछि महाकाली अञ्चल अस्पतालमै राखिएको छ । 



'सुरक्षाको लिखित प्रतिबद्धता नआउन्जेलसम्म शव बुझ्दैनौँ, 'पन्तले भने, 'हाम्रा छोरीचेली यसैउसै हामीमाँझ छैन, बाँकी रहेका छोरीचेलीहरुको सुरक्षाको ग्यारेण्टी नगरुन्जेल शव बुझ्दैनौँ ।'

कञ्चनपुरका विभिन्न चार विद्यार्थी संगठनले घटनाको घोर भत्र्सना गर्दै घटनाको यथाघिश्र छानविन गरेर दोषि उपर कारवाहीको माग गरेका छन् । काग्रेस निकट नेवि संघ, नेकपा (पुर्व एमाले) निकट अनेरास्ववियु, पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाहीको माग राखेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सुक्ष्म अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुर प्रहरीले घट्नामा शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले तीन युवकसहित दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए । उनका अनुसार घटनाको गहिरो ढंङले अनुसन्धान थालिएको छ । घटना जघन्य क्रुर भएको भन्दै चौतर्फि भत्र्सना गरिएको छ ।

शव बुझ्ने बारेमा बालिकाका आफन्त र प्रशासनबीच यतिबेला जिल्ला प्रशासनमा छलफल चलिरहेको छ । 
प्रतिक्रिया दिनुहोस्