शुक्रबार, फागुन १६, २०७६

z
समाचार

गाउँपालिका अध्यक्षको घोषणा : मेरो तलब टुहुराको हितमा 

अछामको बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले सरकारबाट आफुले पाउने सबै तलब टुहुरा तथा आनथ बालबालिका र जनहितका कार्यमा खर्च गर्ने घोषणा गरेका छन् । शनिबार गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम अध्यक्ष खड्काले यस्तो घोषणा गरेका हुन् । आफू पैँसा कमाउनका लागि नभएर जनताको सेवाका लागि राजनीतिमा आएको बताउदै खड्काले सरकारबाट पाउने सबै तलब टुहुरा, अनाथ बालबालिका, महिला बृद्धबृद्धा तथा जनहितका कार्यमा खर्च गर्ने घोषणा गरे । 

गाउँपालिका अध्यक्षको घोषणा : मेरो तलब टुहुराको हितमा 
धनगढी–अछामको बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले सरकारबाट आफुले पाउने सबै तलब टुहुरा तथा आनथ बालबालिका र जनहितका कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

शनिबार गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम अध्यक्ष खड्काले यस्तो घोषणा गरेका हुन् । आफू पैँसा कमाउनका लागि नभएर जनताको सेवाका लागि राजनीतिमा आएको बताउदै खड्काले सरकारबाट पाउने सबै तलब टुहुरा, अनाथ बालबालिका, महिला बृद्धबृद्धा तथा जनहितका कार्यमा खर्च गर्ने घोषणा गरे । 

‘आफुलाई भरोषा गरेरे मत दिई जिताएका जनतालाई कुनै पनि हालतमा निराश हुन  दिन्न,’ उनले भने  । बान्नीगढी जयगढ गाउपालिकालाई नमुना गाउपालिकाका रुपमा विकास गर्न आफु लागि परेको बताउदै उनले यस अभियानमा सकारात्मक सहयोग गर्न सबैमा अपिलसमेत गरे । प्रतिष्ठित व्यापारी खड्का नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित हुन् । 
प्रतिक्रिया दिनुहोस्