बुधबार, कात्तिक २७, २०७६

समाचार

यौन सम्पर्कले लियो ज्यान

मुसिकोट-१ शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शव परीक्षण गर्दा यौन सम्पर्क क्रममा ज्यान गएको खुलेको छ ।  प्रहरीका अनुसार मृतक रुकुम पूर्वको सिस्ने-६ की ३८ वर्षीया महिला हुन् । उनको हत्या आरोपमा मुसिकोट-१ का १९ वर्षीय अमरबहादुर वादीलाई प्रहरीले पक्राउ गरेको छ ।

यौन सम्पर्कले लियो ज्यान
रुकुम-मुसिकोट-१ शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शव परीक्षण गर्दा यौन सम्पर्क क्रममा ज्यान गएको खुलेको छ । 

प्रहरीका अनुसार मृतक रुकुम पूर्वको सिस्ने-६ की ३८ वर्षीया महिला हुन् । उनको हत्या आरोपमा मुसिकोट-१ का १९ वर्षीय अमरबहादुर वादीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमका डीएसपी सुमित खड्काका अनुसार सोमबार राति डेरामा ल्याएर यौन सम्पर्क गर्ने क्रममा उनको ज्यान गएको र शवलाई नजिकैको नालामा फालेको वादीले बयान दिएका छन् । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ । 
प्रतिक्रिया दिनुहोस्