बुधबार, कात्तिक २७, २०७६

समाचार

फेसबुकका मालिकले संसद्मा सम्बाेधन गर्ने 

माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।  सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी...

फेसबुकका मालिकले संसद्मा सम्बाेधन गर्ने 
मस्कोः रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । 

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले जानकारी दिए । 

'हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,' मत्भीयेन्कोले एक समाचार संस्थासँग भने । 

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए ।  
प्रतिक्रिया दिनुहोस्