शुक्रबार, कात्तिक २९, २०७६

समाचार

डा केसीको मागमा नागरिक सरोकार समूह कर्णाली प्रदेशको ऐक्यबद्धता

चिकित्सा शिक्षा सुधारको माग राख्दै २६ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै नागरिक सरोकार समूह कर्णाली प्रदेशले ऐक्यवद्धता जनाएको छ। 

डा केसीको मागमा नागरिक सरोकार समूह कर्णाली प्रदेशको ऐक्यबद्धता
सुर्खेत- चिकित्सा शिक्षा सुधारको माग राख्दै २६ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै नागरिक सरोकार समूह कर्णाली प्रदेशले ऐक्यवद्धता जनाएको छ। 

बुधबार वीरेन्द्रनगरमा  पत्रकार सम्मेलनमार्फ ऐक्यबद्धता जनाएको जानकारी दिएका हुन्। र्काक्रममा बोल्दै समाजसेवी गेहेन्द्र दाहालले डा केसी सर्वसाधारण जनताको चिकित्सा शिक्षा र स्वास्थ्य उपचारका विषयमा लडिरहेको उल्लेख गर्दै यस अभियानमा सबैलार्इ साथ दिनसमेत आग्रह गरेका हुन्।  

उनले एकपटक विभिन्न पेसामा आबद्ध व्यक्तिहरुले नेपाली नागरिक भएर सोच्नुपर्नेमा जोड दिए। दाहालले आफुहरु पार्टीको हिस्सा त्यागेर भए पनि केसीको मागमा साथ दिनको लागि नागरिक सरोकार समूह गठन गरेको जानकारी दिए।

डाक्टर केसीका माग जनताकै माग भएकोले त्यसलाई पुरा गर्नको लागि नागरिक समाज गठन गरिएको समेत उनले जानकारी दिए। अर्का समाजसेवी कविराम पुरीले जनताको रगतले उत्पादन भएको प्रदेशमा कुनै पनि कुरा पाउनको लागि राजनितिक दलमा विभाजित हुनु नपर्नेमा जोड दिए। 

कार्यक्रमा बोल्दै डाक्टर नवराज केसीले पछिल्लो समयमा निजि मेडिकलहरुमा विभिन्न किसिमको विकृति आएको उल्लेख गर्दै भने, 'डाक्टर केसीले स्वास्थ्य क्षेत्रको बारेमा कुनै पनि पार्टीसंगको युद्ध नभएर जनताको मागका लागि अडान लिनु भएको छ। यसमा सबैले साग दिनु पर्छ।' 

कार्यक्रममा बोल्दै नागरिक सरोकारका सदस्य प्रचण्ड पोखरेलले सरकारलाई केसीको मागमा घचघच्याउने उद्देश्यले नागरिक सरोकार समूह स्थापना गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्