शुक्रबार, कात्तिक २९, २०७६

समाचार

धनगढीमा गरिब परिचय पत्र वितरण सुरु

धनगढी उपमहानगरपालिकाले शुक्रबार देखि गरिव घर परिचय पत्र वितरण कार्य शुरु गरेको छ।

धनगढीमा गरिब परिचय पत्र वितरण सुरु
धनगढी- धनगढी उपमहानगरपालिकाले शुक्रबार देखि गरिव घर परिचय पत्र वितरण कार्य शुरु गरेको छ।
 
उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरपालिकाको वडा नम्बर १ शान्ति टोलकी गंगादेबी कोलीलाई अति गरिब, (रातो रंगको), वडा नम्बर १ एरर्पोट मुक्त कमैया शिविरकी मैना देवी चौधरीलाई मध्यम गरिव (पहेलो रंग), एरर्पोट शिविरकै सहविर चौधरीलाई सामान्य गरिव (निलो रंगको) परिचयपत्र वितरण गरेर सुरु गरे।
 
गरिव घर परिचयपत्रका आधारमा राज्यले दिने सहुलियतमा उनीहरुलाई प्राथमिकता दिइन्छ नगरप्रमुख वडले भने,‘यसबाट विपन्न बर्गलाई सुविधा दिन सजिलो हुने छ।’ 

पहिलो चरणमा वडा नम्बर १ बाट बितरण सुरु गरिएको हो। शुक्रवार बाट नै १९ वटै वडामा परिचयपत्र बितरण गर्ने कार्य सुरु भएको छ। गरिब घर परिचयपत्र कसरी बितरण गर्ने, बितरणको क्रममा आईपर्ने समस्या कसरी समाधान गर्ने भन्ने बिषयमा वडा सचिव र वितरणमा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण गरिएको छ।
 
कर्मचारीहरुलाई निर्देशिका अनुसार नै परिचयपत्र वितरण गर्न सिकाईएकाले धेरै समस्या नआउने वडले बताए। राज्यले हामीलाई यसै परिचयपत्रका आधारमा सहयोग र सुविधा दिनुपर्छ गंगादेबी कोलीले भनिन्,‘फेरि पनि म गरिव हुँ भन्दै अड्डाबाट प्रमाणित गराउनुपर्ने चलनको अन्त्य हुनुपर्छ।’ 

धनगढीमा पाँच हजार आठ सय पाँच जनालाई गरिव परिचय पत्र वितरण गरिने धनगढी उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र सिंह कार्कीले बताए। जसमध्ये दुई हजार ८ सय ५, मध्यम गरिव एक हजार आठ सय ३७, र समान्य गरिव एक हजार २ सय ९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ। 

देशभरीमा ८ वटा जिल्लामा नमुनाका रुपमा गरिव घर परिचयपत्र बितरण हुदैछ । सरकारले २०७९ सालमा गरिवहरुको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो। 
 
प्रतिक्रिया दिनुहोस्