बुधबार, कात्तिक २७, २०७६

अर्थ

सवारी दर्ता अब प्रदेशमाः गाडीको कर बढ्यो

सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति प्रदेश सरकारले दिने भएको छ । मंगलबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले

सवारी दर्ता अब प्रदेशमाः गाडीको कर बढ्यो
काठमाडौं– सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति प्रदेश सरकारले दिने भएको छ । मंगलबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी चालक दर्ता नवीकरण तथा चालक अनुमति पत्र प्रदेशबाट दिइने व्यवस्था मिलाइने बताए । 

त्यस्तै सार्वजनिक सवारीलाई व्यवस्थित गर्न डाटाकार्ड र स्मार्ट कार्डको व्यवस्थापन गर्ने गरी तयारी थाल्ने भएको छ । नेपालमा विद्युतीय प्रविधिबाट सञ्चालन हुने सवारीलाई प्राथमिकतामा राख्ने सरकारको योजना अनुसार विद्युतीय प्रविधिबाट सञ्चालन हुने उत्पादन, आयात र सञ्चालन गरिने योजना बनाएको छ । 

मोटरसाइकल र कारको कर बढ्यो

त्यस्तै सरकारले मोटरसाइकल र कारको वार्षिक नविकरण कर बढाएको छ । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र १००० सीसीभन्दा बढी क्षमताका कारको कर बढाएको बताए । 

त्यस्तै सरकारले सडक प्रयोग गरेबापत कर तिर्नैपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्