बुधबार, कात्तिक २७, २०७६

समाचार

यस्ताे छ आगामी आर्थिक वर्षको बजेट (पूर्ण पाठसहित)

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।   मंगलबार संघीय संसदमा बजेट प्रस्त्त गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत बजेट विनियोजन गरेको बताए । त्यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको पनि मन्त्री खतिवडाले जानकारी दिए । 

यस्ताे छ आगामी आर्थिक वर्षको बजेट (पूर्ण पाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
 
मंगलबार संघीय संसदमा बजेट प्रस्त्त गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत बजेट विनियोजन गरेको बताए । त्यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको पनि मन्त्री खतिवडाले जानकारी दिए । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने भएको छ । 

बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले जानकारी दिए ।

बजेटको पूर्णपाठ पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस्