बुधबार, कात्तिक २७, २०७६

समाचार

दुर्घटनाका घाइते बोकेको जीप खस्यो, चार जनाको मत्यु 

सोमबार दिपायलमा भएको जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि  धनगढीतर्फ ल्याउँदै अर्को जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।

दुर्घटनाका घाइते बोकेको जीप खस्यो, चार जनाको मत्यु 
धनगढी- सोमबार दिपायलमा भएको जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि  धनगढीतर्फ ल्याउँदै अर्को जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।

 शैलेश्‍वरी यातयातको जीप धनगढी डडेलधुराको गन्यापधुरा गाउपालिका ३ रडुवामा भीरबाट खसेको हो। घट्नास्थलबाट प्रहरी हवलदार खडक खड्काले दिएको जानकारी अनुसार दिपायबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ३३० नम्बरको बलेरो जीप सडकबाट करिव डेढ सय मिटर तल खसेको छ । 

दुर्घटनास्थलमा  चार जनाको शव देखिएको र कतिको ज्यान गएको हो भन्ने एकिन नभइसकेको खडकाले जानकारी दिए । त्यतिकै संख्यामा घाईते रहे पनि कति घाईते छन् भन्ने पनि एकिन हुन नसकेको उनले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले प्रहरीको थप टोली त्यतातर्फ गइसकेकाले विस्तृत बिबरण पछि मात्र थाहा हुने बताए । हिजो मात्र डोटीको जोरायल गाउँपालिका ६ पलाडीमा जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् ।  

सोमबार मात्र दिपायलमा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो। 

 
प्रतिक्रिया दिनुहोस्