सोमबार, मंसिर २३, २०७६

समाचार

विदेश उडाइदिन्छु भन्दै ठग्‍ने गाउँपालिका अध्यक्ष पक्राउ

विदेश पठाउछु भन्दै पैसा लगेर ठगि गरेको आरोपमा अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका छन । महानगरिय प्रहरी प्रभाग काडाघारीले साउदलाई काठमाडौंमा रहेको उनकै कोठाबाट सोमबार बेलुका पक्राउ गरेको हो ।

विदेश उडाइदिन्छु भन्दै ठग्‍ने गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौं- विदेश पठाउछु भन्दै पैसा लगेर ठगि गरेको आरोपमा अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका छन ।

महानगरिय प्रहरी प्रभाग काडाघारीले साउदलाई काठमाडौंमा रहेको उनकै कोठाबाट सोमबार बेलुका पक्राउ गरेको हो । साउदले मकाउ पठाइदिने भन्दै तीन बर्ष पहिले चार जना युवाबाट चारलाख रुपैया लगेर ठगि गरेको भन्दै जिल्ला प्रशासन काठमाडौंमा उनीविरुद्द उजुरी परेको थियो ।

पीडित पुर्णबहादुर खड्काका अनुसार साउदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्र बहादुर चन्द, विष्णु क्षेत्रीबाट एक/एक लाख रुपैया तथा पासपोर्ट लगेका थिए । पटक पटकको प्रयासपछि साउदले  ३ चरणमा गरि एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेपछि प्रहरीमा उजुरी दिएको खड्काले बताए । 

सादले यसबाहेक विभिन्न प्रलोभन देखाइ आफुबाट थप रकमसमेत लगेको सुनाए । महानगरीय प्रहरीले भने जिल्ला प्रशासनबाट पक्राउ गरि दुबै पक्षलाई छलफलका लागि बोलाउनु र सहमती नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको जानकारी दिएको छ ।

साउदले तत्कालिन नेकपा माओबादीबाट अध्यक्षमा जितेका हुन । उनले बिदेश पठाइदिने भन्दै युवाहरुबाट रकम लगेर ठगी गर्ने तथा योजना पारिदिने भन्दै थुप्रैबाट अग्रिम कमिसन लिने गरेको गुनासो आउने गरेको थियो ।
 
प्रतिक्रिया दिनुहोस्