बुधबार, कात्तिक २७, २०७६

अर्थ

अब एक रुपैयाँमा स्मार्टफोन पाइने 

एक रुपैयाँमा मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ । ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भइरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ ।

अब एक रुपैयाँमा स्मार्टफोन पाइने 
काठमाडौं- एक रुपैयाँमा मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।

ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भइरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ ।

कम्पनीले भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु एक रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरि मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको कम्पनीका अध्यक्ष संजित पौडेलले बताए ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज नलाग्ने गरी ग्राहकले आफ्नो इच्छाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा कम्पनीले  प्रदान गरेको उनको भनाइ छ ।

कम्पनीबाट एक रुपैयाँमा किनेको फोनमा थप एक वर्षको वारेन्टी सुविधा दिने तथा अफरअन्तरर्गत मोबाइल बिग्रेमा घरमै लिन आउने र मर्मतपछि पुर्याईदिने समेतको  व्यवस्था  गरेको  कम्पनीको भनाइ छ ।

कम्पनीले भीभो स्मार्टफोनमा नेपालमा नै पहिलो पटक एक रुपैयाँमा फोन दिने अफर ल्याएको हो । बजारमा उपलब्ध भीभोका कुनैपनि मोडलका स्मार्टफोनमा किस्ताबन्दीमा सो सुविधा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अध्यक्ष पौडेलले भने,‘मनपरेको मोबाइल किन्न नसक्ने तथा  सेवा सुविधा नपाउने ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस प्रदान गर्ने उद्देश्यले यो सेवा प्रदान गरिएको  हो ।’ 

यसअघि पनि  कम्पनीले सामसुङ र हुवावेका विभिन्न मोडलका स्मार्टफोनहरु रु.१ मा बिक्री गरेरको थियो । 

अन्य कम्पनीबाट मोबाइल किन्दा एक वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रालिबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी दिने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्