मंगलबार, मंसिर ३, २०७६

विदेश

रुसद्वारा सिरियामा हवाई हमला, चारको मृत्यु 

रुसले सिरियामा गरेको हवाई हमलामा चार जनाको ज्यान गएको छ। 

रुसद्वारा सिरियामा हवाई हमला, चारको मृत्यु 
काठमाडौं- रुसले सिरियामा गरेको हवाई हमलामा चार जनाको ज्यान गएको छ। 

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार रुसले शनिबार सिरियाको उत्तर-पश्चिम क्षेत्रमा हवाई हमला गरेको थियो। रुसका युद्ध विमानले इदलिब प्रान्तका शेख मुस्तफा तथा जिबाला कस्बो र लताकिया प्रान्तको कबिना सहरमा हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। 

गत वर्ष रुस र टर्कीले सिरियाको सीमा क्षेत्रमा आक्रमण रोक्ने प्रतिवद्धता गरेका थिए । यद्यपि, दुवै देशले आतंकवादीका शिवर खाली गर्ने भन्दै सिरियामा बेलाबेला हवाई हमला गरिरहेका छन्। 

सिरियामा सन् २०११ देखि गृहयुद्ध चलिरहेको छ। त्यसयता सिरिया र विदेशमा गरी तीन लाख ७० हजारभन्दा बढी मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्। 

एजेन्सी 
प्रतिक्रिया दिनुहोस्