मंगलबार, मंसिर ३, २०७६

समाचार

जनकपुरमा छठ (फोटो फिचर)

चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइको छ।

जनकपुरमा छठ (फोटो फिचर)
जनकपुरधाम- चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइको छ।

साँझ छठ पूजा हुने पोखरी, तलाउ, नदीलगायतका जलाशयमा पुगरे ब्रतालुहरुले सूर्यको उपासना गर्दै अर्घ दिएका हुन्। 

सन्ध्याकालीन अर्घ दिइँदा जनकपुरको पोखरीहरुमा ठूलो संख्यामा ब्रतालुका साथै सर्वसाधारणको भीडभाड देखिएको छ। 

आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न हुनेछ। गंगासागर, धनुषसागर, अंगराजसर, बिहारकुन्ड लगायत जनकपुरको एक दर्जनभन्दा बढी पोखरीमा छठ पर्व मनाइन्छ।




प्रतिक्रिया दिनुहोस्