मंगलबार, मंसिर ३, २०७६

खेलकुद

एएफसी च्याम्पियनसिप छनोट खेल्ने यू-१९ टोलिको घोषणा 

इरानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलिको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय नेपाली टोलिको घोषणा गरेको हो। 

एएफसी च्याम्पियनसिप छनोट खेल्ने यू-१९ टोलिको घोषणा 
काठमाडौं - इरानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलिको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय नेपाली टोलिको घोषणा गरेको हो। 

मुख्य प्रशिक्षक मेघ राज केसीले २७ जनाबाट अन्तिम २३ जनाको नाम घोषणा गरेका हुन्। एएफसी च्याम्पियनसिप छनोटका खेल इरानमा नोभेम्बर ६ बाट सुरु हुने छन्। नेपाल रहेको समूह 'डी' मा आयोजक इरान, युएई र कीर्गिस्तान रहेका छन्।

नेपाली टिम

गोलकिपर : विशाल सुनार, पुजन होना, रोहित कार्की
डिफेन्डर : बिशाल बस्नेत, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, सन्दीप पौडेल, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन, पदम भट्टराई
मिडफिल्डर : दर्शन गुरुङ, आकाश बुढा मगर, रन्जन पुन, जय गुरुङ, मनिष थापा, दिनेश हेम्जन, अनिल महर्जन
फरवार्ड : मनिष डाँगी, दिपेश आले मगर, राजिव लोप्चन, रेजिन शुब्बा
प्रतिक्रिया दिनुहोस्