मंगलबार, मंसिर ३, २०७६

समाचार

नदीमा फोहर फ्याँक्ने दुई पक्राउ 

कारखानाबाट निस्किएको रसायनयुक्त प्रदूषित पानी साझै खोलामा बगाएको आरोपमा उद्योग सञ्चालक एक चिनियाँ र एक भारतीय सञ्चालकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। 

नदीमा फोहर फ्याँक्ने दुई पक्राउ 
पर्सा : कारखानाबाट निष्कासित फोहर नदीमा फ्याँकेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलहीस्थित हिमालय लेदर फ्याक्ट्रीका सञ्चालक छन्।

कारखानाबाट निस्किएको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया खाेलामा बगाएको आरोपमा उद्योग सञ्चालक एक चिनियाँ र एक भारतीय सञ्चालकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा कारखानाका सञ्चालक चिनियाँ लिउता छुवाङ र भारतीय तिनजुङ गुरुङ रहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। स्थानीय बासिन्दाले सिर्सिया नदीमा फोहर गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ५१ उद्योगविरुद्ध उजुरी दिएका थिए। 

त्यसलगत्तै प्रशासनले नदीमा फोहोर गर्ने उद्योगको अनुगमन गरी नदीमा फोहर नफाल्न चेतावनी दिएका थिए। चेतावनी दिँदा पनि नदीमा फोहर फ्याँकेको स्थानीय बासिन्दाको गुनासोका अधारमा दुवैलाई नियन्त्रण लिएको प्रहरी उपरीक्षक राठौरले बताए।
 
प्रतिक्रिया दिनुहोस्