मंगलबार, मंसिर ३, २०७६

खेलकुद

नेपाली क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीमा कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

नेपाली क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीमा कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गरी संघले नयाँ कप्तानमा मल्ललाई छनोट गरेको हो । त्यसैगरी उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन् । 

क्रिकेट संघको निलम्बन फुकुवा भएलगत्तै कप्तान पद छाड्ने घोषणा गरेका खड्काले गत आइतबार राजीनामा बुझाएका थिए ।

मल्ल यसअघि राष्ट्रिय टोलीको उपकप्तान थिए ।
 
प्रतिक्रिया दिनुहोस्