मंगलबार, मंसिर ३, २०७६

समाचार

पटका पड्काउँदा राजविराजमा आगलागी

पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा आगलागी भएको छ । मंगलबार राति ७ बजे अचानक आगलागी हुँदा ...

पटका पड्काउँदा राजविराजमा आगलागी
सप्तरी- पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा आगलागी भएको छ । 

मंगलबार राति ७ बजे अचानक आगलागी हुँदा तीन लाखको क्षति भएको प्रहरीले जनाएको छ । राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिए । 

उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ। आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करीब  तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्