मंगलबार, मंसिर ३, २०७६

समाचार

होटलको छतबाट खसेर एकको मृत्यु 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पाँच तले होटलको छतबाट खसेर एकको ज्यान गएको छ।

होटलको छतबाट खसेर एकको मृत्यु 
सांकेतिक तस्बिर।
कञ्चनपुर- जिल्ला सदरमुकाम महेन्द्रनगरमा पाँच तले होटलको छतबाट खसेर एकको ज्यान गएको छ।

महेन्द्रनगरको पुष्पाञ्जली होटलको पाचौं तलाबाट खसेर भीमदत्त नगरपालिका–४, भासीका २२ वर्षीय अजय चौधरीको सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले चौधरीले साथीहरूसँग मदिरा सेवन गरेको बताए । चौधरीको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्