मंगलबार, मंसिर ३, २०७६

समाचार

जिपबाट खसेर एक जनाको मृत्यु

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए।  ​​​​​​​

जिपबाट खसेर एक जनाको मृत्यु
बैतडी- जिपबाट खसेर  एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए।

उनको सोमबार मृत्यु भएको हो। जिपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द  खसेर घाइते भएको खडायतले बताए।

घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए।

यसैबीच भीमदत्त राजमार्ग अन्तरगत बैतडीकाे आलिताल गाउँपालिका- १ मेलखर्कमा दुइवटा बस ठाेक्किँदा ५ जना घाइते भएका छन्।

बैतडीबाट महेन्द्रनगर आउदै गरेको महाकाली यातायातको ना ५ ख ३४८८ नम्बरको बसलाई धनगढी आउदै गरेको पवनदुत यातायातको ना ६ ख ९६७२ नम्बरको बसले पछाडीबाट  ठक्कर दिँदा पाँचजना समान्य घाइते भएका हुन्।
प्रतिक्रिया दिनुहोस्