आईतबार, मंसिर १, २०७६

समाचार

दीपावलीका क्रममा आगलागी हुँदा बालकको मृत्यु

लक्ष्मीपूजाका अवसरमा दीपावली गर्ने क्रममा आगलागी हुँदा मोरङमा बालकको ज्यान गएको छ। 

दीपावलीका क्रममा आगलागी हुँदा बालकको मृत्यु
सांकेतिक तस्बिर।
मोरङ- लक्ष्मीपूजाका अवसरमा दीपावली गर्ने क्रममा आगलागी हुँदा बालकको ज्यान गएको छ। 

पथरी-शनिश्चरे नगरपालिका-५, कोठेबारीका युवराज गिरीका ४ वर्षीय छोरा युसनको जलेर मृत्यु भएको हो। आगलागी हुँदा युसन घरभित्र सुतिरहेका थिए। 

आगलागीबाट ६० हजार नगद, सुन, चाँदी, लत्ता कपडासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्