मंगलबार, मंसिर ३, २०७६

खेलकुद

एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ।

एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना
काठमाडौं - एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ। गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि जरिवाना लगाएको हो।

मलेसियाको क्वालालम्पुरस्थित एएफसीको केन्द्रीय कार्यालयमा बसेको अनुशासन तथा आचारसंहिता समितिको बैठकले एन्फालाई १० हजार डलर आर्थिक जरिवाना गराउने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्