बिहिबार, मंसिर ५, २०७६

अर्थ

एनसेलको तिहार अफर यस्तो 

एनसेलले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डेटा बोनस योजना ल्याएको छ।

एनसेलको तिहार अफर यस्तो 
काठमाडौं – एनसेलले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डेटा बोनस योजना ल्याएको छ।

योजना अन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन्। यो अफर बिहीबार (कार्तिक ८) बाट लागु भई १५ दिन सम्म रहने छ। अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सातदिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राहकले चार गुणा बढी डेटा भोल्यूमको फाईदा लिन सक्नेछन्।  

कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन्। यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन्। त्यसैगरी कर बाहेक रु ७५ (कर सहित रु ९५.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन्। यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन्।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन्। यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्यूम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन्।   

चाडपर्वको अवसरमा संचालनमाल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहीरहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ।
प्रतिक्रिया दिनुहोस्