मंगलबार, मंसिर ३, २०७६

समाचार

बैतडीमा डोजरले किच्दा पुजाराको मृत्यु 

बैतडीको मेलौली नगरपालिका- ५ मा डोजर (एक्स्काभेट)ले किचेर एक जनाको मृत्यु भएको छ। डोजरमा सवार ...

बैतडीमा डोजरले किच्दा पुजाराको मृत्यु 
बैतडी- बैतडीको मेलौली नगरपालिका- ५ मा डोजर (एक्स्काभेट)ले किचेर एक जनाको मृत्यु भएको छ।
 
डोजरमा सवार ५५ वर्षीय शुक्रसिंह पुजारा त्यसबाट लडेर किचिदा घटनास्थमै मृत्यु भएको हो । घटना बिहीबार बिहान भएको हो ।
 
लामालेक– ढणौन सडक निर्माणको काम गरिरहेको एक्स्काभेटर घर निर्माणको लागि जमिन सम्याउन ल्याउँदै गरेका अवस्थामा बिहीबार बिहान ८ बजे पुजारा डोजरबाट खसेको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ ।
 
घटनापछि डोजर चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । उनको खोजी भइराखेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया दिनुहोस्