बिहिबार, मंसिर ५, २०७६

समाचार

कास्कीको देउरालीमा पहिरो : १ को मृत्यु, २ घाईते

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीमा पहिरो जाँदा १ युवकको मृत्यु भएको छ भने २ युवक घाइते भएका छन्।

कास्कीको देउरालीमा पहिरो : १ को मृत्यु, २ घाईते
फाईल तस्बिर
कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीमा पहिरो जाँदा १ युवकको मृत्यु भएको छ भने २ युवक घाइते भएका छन्।

अन्नपूर्ण वेसक्याम्प जाँदै गरेका पोखरा महानगरपालिका–५ का १८ वर्षीय संजय खनालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही पहिरोमा परी पोखरा उपमहानगरपालिका–११ का सन्तोष बास्तोला र वडा नम्बर ५ का १८ वर्षीय निरञ्जन कोइराला घाइते भएका छन्। 

हेलिकप्टरबाट उद्धार गरिएका घाइतेको मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

हिउँको चट्टान फुटेर पहिरो गएको बुझिएको छ। मृतकको शव पहिरोमै पुरिएको र प्रहरी टोली घटनास्थलतर्फ गैसकेको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्