बिहिबार, मंसिर ५, २०७६

समाचार

कास्की– २ मा रजनी केसीलाई उम्मेदवार बनाउने साझा पार्टीको निर्णय 

पोखरामा बसेको साझा पार्टीको केन्द्रीय समिति बैठकले कास्की– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कास्की– २ मा रजनी केसीलाई उम्मेदवार बनाउने साझा पार्टीको निर्णय 
काठमाडौं- पोखरामा बसेको साझा पार्टीको केन्द्रीय समिति बैठकले कास्की– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कार्तिक ५ र ६ गते बसेको बैठकले आसन्न उपनिर्वाचनका बारे रणनीतिक योजना बनाउनुका साथै केन्द्रीय नेतृत्वले चाँडै देशभरी वुद्धिजीवी, नागरिक अगुवा, उद्योगी–व्यवसायी र आम जनसमुदायसँग परमार्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ । 

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा साझा पार्टीका तर्फबाट उम्मेदवार रजनी केसी केही अघिमात्रै साझा पार्टीमा प्रवेश गरेकी हुन् । यसअघि पोखरा विश्वविद्यालयको उपप्रशासक रहेकी केशी विभिन्न सामाजिक र राजनीतिक संस्थाहरुमा समेत आवद्ध थिइन् । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

बैठकपछि जारी विज्ञप्तिमा साझाले मुलुकमा भ्रष्टाचार बढेको, क्षमतावान र उर्जाशील युवालाई देश छोड्न वाध्य बनाइएको, नागरिक स्वतन्त्रतालाई अंकुश लगाउनेगरी सरकार अनुदार लोकतन्त्रउन्मुख भएको  उल्लेख गर्दै ‘मुलुकका यी सबै समस्याको जड राजनीतिलाई पेसा र राज्य दोहनको माध्यम बनाउने पुराना दलको गलत राजनीतिक शैली भएको’ उल्लेख गरेको छ । 

उसले आसन्न उपनिर्वाचनलाई सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दुवै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको ‘जनमत(सङ्ग्रह’ समेत भनेको छ। 
 
प्रतिक्रिया दिनुहोस्