मंगलबार, मंसिर ३, २०७६

समाचार

जनकपुरमा गोली हानी एक जनाको हत्या, अभियुक्त पक्राउ

धनुषाको जनकपुरधाम १ मा गोली हानेर एक व्यक्तिको हत्या गरिएको छ । पंकज चौधरीले चलाएको गोली लागेर ४० वर्षीय मनोज साहको मृत्यु भएको ...

जनकपुरमा गोली हानी एक जनाको हत्या, अभियुक्त पक्राउ
जनकपुर- धनुषाको जनकपुरधाम १ मा गोली हानेर एक व्यक्तिको हत्या गरिएको छ । 

पंकज चौधरीले चलाएको गोली लागेर ४० वर्षीय मनोज साहको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । घटना पंकज चौधरीको घरमा भएको हो । 

प्रहरीका अनुसार गोली प्रहारबाट घाइते साहलाई प्रहरीले अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको हो। 

चौधरीलाई प्रहरीले गोली हानिएको स्थानबाटै पक्राउ गरेको छ । उनको साथबाट १ थान अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली तथा १ थान कटुवा पेस्तोल र सोको ३ राउन्ड गोली बरामद भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । 

दुबै जना निर्माण ब्याबसायी भएको र पैसाको लेन देनमा बिवाद हुँदा गोली हानीएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी खनालले बताए । 
प्रतिक्रिया दिनुहोस्