मंगलबार, मंसिर ३, २०७६

खेलकुद

च्याम्पियन्स लिगमा रियलको पहिलो जित

 च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पहिलो जित निकालेको छ। टर्किस क्लब गलातासारेलाई ...

च्याम्पियन्स लिगमा रियलको पहिलो जित
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पहिलो जित निकालेको छ। 

मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेलाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो। 

रियलको जितका लागि खेलको एक मात्र निर्णायक गोल टोनी क्रुसले गरे। उनले पहिलो हाफमा गोल गर्दै रियललाई खेलमा अगडि बढाएका थिए। क्रुसले १८ औं मिनेटमा ईडेन हजार्डको पासमा गोल गरेका थिए। 

त्यसपछी हजार्डको प्रहार क्रसबारमा लागेर फर्किदा रियल अग्रता दोब्बर बनाउनबाट चुकेको थियो। पछिल्लो हप्ता नवप्रवेशी क्लब मालोर्कासँग स्पेनिस लिगमा रियल पराजित भएको थियो। 

टर्किस क्लबसँग पराजित भएको अवस्थामा जिदान बर्खास्तीमा पर्ने केही रिपोर्टहरु सार्वजनीक भएका थिए। यस जितले केही मात्रामा जिदानको साख जोगिएको छ।

समूह एको खेलमा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। गलातासारे १ अंक सहित पुछारमा छ।
प्रतिक्रिया दिनुहोस्