मंगलबार, मंसिर ३, २०७६

विदेश

जापानी सम्राटले सम्हाले राजगद्दी 

जापानी सम्राट नारुहितोले गत मे महिनामै राजगद्दी सम्हालेको भए पनि आज मंगलबार जापान र दुनियाँभरबाट बोलाइएका अतिथिहरुको उपस्थितीमा एक समारोहका बीच उनको राज्यरोहणको औपचारिक कार्यक्रम सम्पन्न भएको छ।    

जापानी सम्राटले सम्हाले राजगद्दी 
टोकियो - जापानी सम्राट नारुहितोले गत मे महिनामै राजगद्दी सम्हालेको भए पनि आज मंगलबार जापान र दुनियाँभरबाट बोलाइएका अतिथिहरुको उपस्थितीमा एक समारोहका बीच उनको राज्यरोहणको औपचारिक कार्यक्रम सम्पन्न भएको छ।    

झन्डै २ हजार अतिविशिष्ट अतिथीहरुको उपस्थिती रहेको उक्त राजकीय समारोहमा 'ताकामिकुरा' भनेर चिनिने जापानी सम्राटको राजगद्दीलाई छोपेर राखिएको पर्दा हटाएर गद्दीको अनावरण गरिएको थियो।
 
सम्राट बनेका निवर्तमान सम्राट अकिहितोका छोरा नारुहितो परम्परागत जापानी पोशाकमा सजिएका थिए। साम्राज्ञी मासाको भने हेर्दा अली सानो देखिने 'मिचिदाई' मा औपचारिक किमोनोमा सजिएकी थिईन।
 
उक्त राजकीय समारोहमा नव घोषित सम्राट आफ्नो राजसिंहासनमा बिराज भए। त्यस लगत्तै उनले आफू आफ्नो मुलुकको संविधान अन्तर्गत रही राष्ट्रिय एकता, अखण्डता र जापानी जनताप्रति सदा उत्तरदायी रहने सपथ पनि खाए। उनले उक्त अवसरमा अन्तर्राष्ट्रिय समुदायसंगको मित्रता र समग्र मानव समुदायको शान्ती र कल्याणका लागि सदैव लागि पर्ने आफ्नो भावनालाई उजागर गरेका थिए। त्यसपछि जापानी प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै जापानी जनताका नाममा सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्