मंगलबार, मंसिर ३, २०७६

बजार

ग्राहकको चापपछि लम्बियो टिभिएस मेला, यस्ता छन् अफर

नेपालको लागि टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले ग्राहकको चाप बढेपछि एक्सचेन्ज तथा फाइनान्स फेयर मेलाको समयावधि लम्ब्याएको छ। 

ग्राहकको चापपछि लम्बियो टिभिएस मेला, यस्ता छन् अफर
काठमाडौं – नेपालको लागि टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले ग्राहकको चाप बढेपछि एक्सचेन्ज तथा फाइनान्स फेयर मेलाको समयावधि लम्ब्याएको छ। 

मंगलबारसम्म मेला सञ्चालन गर्ने भनिएपनि ग्राहकको चाप बढेपछि बुधबार (भोली)सम्म मेला सञ्चालन हुने जगदम्बा मोटर्सका बिक्री प्रवन्धक मञ्जुल अमात्यले बताए। कार्तिक ५ गतेसम्म ४ सय सवारीको कारोबार भइसकेको उनले दाबी गरे।

विशेषगरी जागिर गर्दै गरेका विद्यार्थीलाई मेलाले सहयोग गर्ने प्रवन्धक  अमात्यले बताए। सर्वसुलभ मूल्यमा फाइनान्स मार्फत सवारी उपलब्ध गराउनु मेलाको उद्देश्य रहेको छ। 

मेलामा सवारी किन्नेहरुका लागि विभिन्न अफरसमेत रहेका छन्। ५० प्रतिशतको डाउनपेमेन्टमा ग्राहकले शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यस्तै एक्स्चेञ्ज मूल्यमा थप १० हजारसम्मको सुविधा पनि कम्पनीले मेलाका दौरान उपलब्ध गराएको छ। 

फाइनान्समा सवारी लिएका ग्राहकले सवारीको प्रकार हेरी १२ देखि १८ किस्तामा रकम बुझाउनुपर्नेछ।  

त्यस्तै मेलाको अन्य आकर्षणमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु रहेको छ। यस्तै टिभिएसको दसैं दौड अन्तर्गत अनलाईन स्क्र्याचमार्फत ६ हजार देखि सतप्रतिशत नै नगद फिर्ता पाउन सकिने कम्पनीले बताएको छ। 

ग्राहकको सन्तुष्टि नै टिभिएसको उदेश्य भएको बताउँदै प्रबन्धक अमात्य भन्छन्, ‘यो फेयरले ग्राहकलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास लिएका छौं। यो योजनाप्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ। त्यसैले हामीले देशका मुख्य शहरमा यस्ता मेलाको आयोजना गर्दै छौं।’

२ लाख देखि ७ लाखसम्मका बाईकहरु मेलामा राखिएका छन्।  टिभिएसले विगतमा पनि ग्राहकलाई मूल्यमा आकर्षक छुट, वारेन्टी, एक्सचेन्ज, फाइनान्स लगायत विभिन्न सुविधा प्रदान गर्दै आएको छ। मेला काठमाडौंको भृकुटिमण्डपमा सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्