मंगलबार, कात्तिक २६, २०७६

समाचार

डेढ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ 

कैलालीको गोदावरी नगरपालिका–७, लालपुरबाट प्रहरीले डेढ लाखभन्दा बढी रुपैयाँसहित २८ जना जुवाडेलाई पक्राउ गरेको छ। 

डेढ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ 
धनगढी- कैलालीको गोदावरी नगरपालिका–७, लालपुरबाट प्रहरीले डेढ लाखभन्दा बढी रुपैयाँसहित २८ जना जुवाडेलाई पक्राउ गरेको छ। 

आइतबार राति लालपुरस्थित वीरबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनीहरूलाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई एक लाख ५६ हजार तीन सय ८२ रूपैयाँसहित पक्राउ गरेको हो। होटलमा जुवा तास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्