मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

नेपालले इङ्ल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ। नेपालले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

नेपालले इङ्ल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ। नेपालले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने छ। 

सन् २०२२ मा हुने फिफा कतार विश्वकप छनोट अन्तर्गत एशिया दोश्रो चरणको छनोट खेल खेलिरहेको नेपाली टोलोले पहिलो मैत्रीपूर्ण खेल म्यानमारसँग खेल्ने छ। म्यानमारसँग नोभेम्बर ७ मा खेल्नेछ।

त्यसपछि नेपालले २०२० मे २५ मा इङ्ल्यान्डको सी टिमसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

विश्वकप छनोट अन्तर्गत आफ्नो समूहका चार अवे खेल खेलिसकेको नेपालले अब घरेलु मैदान दशरथ रंगशालामा होम खेल खेल्ने छ। 

घरेलु मैदानमा १९ नोभेम्बरमा कुवेतसँग खेल्दै नेपालले होम खेलको सुरुवात गर्ने छ। 

नेपाल कुवेतसँग उसैको अवे खेलमा ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले चार अवे खेल मध्यमा एक खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ।
प्रतिक्रिया दिनुहोस्