मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

क्यानको बैठक आज, यस्ता छन् एजेन्डा 

निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान)को पहिलो कार्यसमिति बैठक आज बस्दैछ।

क्यानको बैठक आज, यस्ता छन् एजेन्डा 
काठमाडौ- निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान)को पहिलो कार्यसमिति बैठक आज बस्दैछ। बैठक संघको कार्यालय मूलपानीमा मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।

बैठकमा कार्यालय संचालन र आगामी दिनमा गरिने कामकारवाहीबारे छलफल गरिने क्यानले जनाएको छ। 

बैठकमा पारस खड्काको कप्तानबाट राजीनाबारे भने छलफल छलफल नहुने क्यानले जनाएको छ। पारसले कप्तानबाट राजीनामा दिएको आधिकारिक जानकारी नआएकाले उनको राजीनामाबारे छलफल नहुने क्यानको भनाइ छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले साढे तीन वर्षदेखि क्यानमाथि लगाएको निलम्बन गत असोज २७ मा सशर्त फुकुवा भएको थियो।  
प्रतिक्रिया दिनुहोस्