मंगलबार, मंसिर ३, २०७६

विदेश

युरोपेली उत्पादनमा अमेरिकाको कर वृद्धि

संयुक्त राज्य अमेरिकाले आफ्नो उपभोक्ता बजारमा स्वतन्त्र प्रवेश पाइरहेको युरोपेली उत्पादनमाथि करको दर बढाएको छ। 

युरोपेली उत्पादनमा अमेरिकाको कर वृद्धि
काठमाडौं- संयुक्त राज्य अमेरिकाले आफ्नो उपभोक्ता बजारमा स्वतन्त्र प्रवेश पाइरहेको युरोपेली उत्पादनमाथि करको दर बढाएको छ। 

अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेको हो। 

यसको असर अमेरिकामा प्रशस्त बिक्री हुने युरोपका एयरबस, मदिरा तथा मदिराजन्य वस्तुमा परेको छ। एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी छ, जसमा १० प्रतिशत करवृद्धि हुनेछ भने फ्रान्स, स्पेन र जर्मनीबाट आयात हुने वाइनमा अब २५ प्रतिशत कर लाग्नेछ। 

यसअघि युरोप र अमेरिकाबीचको व्यापार–वाणिज्य क्षेत्रमा देखापरेका साझा समस्या र आपसी अससमझदारी अन्त्य गर्न भएका वार्तामा सहमति जुट्न सकेको छैन। वार्ता तार्किक निश्कर्षमा नपुगेपछि अमेरिकाले युरोपेली उत्पादनमा कर बढाएको हो। 

पछिल्लो समय अमेरिका विश्वका उदयीमान क्षेत्र र राष्ट्रबीच आर्थिक मुद्दामा उल्झिन थालेको छ।
प्रतिक्रिया दिनुहोस्