मंगलबार, कात्तिक २६, २०७६

समाचार

मिस्टर बिनका छोरा गोर्खा सैनिकमा भर्ती

चर्चित हास्य कलाकार रोमन अत्किन्सन अर्थात् ‘मिस्टर बिन’ का छोरा बेन अत्किन्सन गोर्खा सैनिकमा भर्ती भएका छन्।

मिस्टर बिनका छोरा गोर्खा सैनिकमा भर्ती
काठमाडौं- चर्चित हास्य कलाकार रोमन अत्किन्सन अर्थात् ‘मिस्टर बिन’ का छोरा बेन अत्किन्सन गोर्खा सैनिकमा भर्ती भएका छन्।

बेन नेपालमा ३ महिना बसेर बेलायतको गोर्खा रेजिमेन्टमा भर्ती भएका हुन्।

बेनले नेपालमा यहाँको स्थानीय संस्कृति सिके भने १० हप्ताको तालिम लिएर नेपालबाटै गोर्खा रेजिमेन्टमा भर्ती भएको डेलीमेलले जनाएको छ।

२६ वर्षीय बेन मिस्टर बिन र उनकी पत्नी सुनेत्रा शास्त्रीका छोरा हुन्। बेन अब गोर्खा रेजिमेन्टको अधिकृत बनेका छन्।

गोर्खा ब्रिगेड एशोसिएसनको न्यूजलेटर उद्धृत गर्दै डेलीमेलले बेनले अनौठो तरिकाले छोटो समयमा नेपाली भाषा सिकेको बताएको छ।

‘सायद उनले यसअघि नै अरेबिक र स्पेनिश भाषा सिकेकाले पनि हुनुपर्छ, नेपाली बोलिचालिका भाषा उनले छिट्टै समात्न सके’, समाचारमा भनिएको छ।

भाषासँगै बेनले नेपाली लोक गीत र लोक नृत्य पनि सिकेको बताइएको छ।
Lt Ben Atkinson was put through a 10 week course and taught about the local culture to join the unique unit of the British Army
प्रतिक्रिया दिनुहोस्