मंगलबार, कात्तिक २६, २०७६

खेलकुद

युरोपियन ओपन टेनिसको सेमिफाइनलमा मर्रे

ब्रिटिश खेलाडी एन्डी मर्रे युरोपियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार राति भएको खेलमा मारिउस कोपिललाई पराजित गर्दै मर्रे अन्तिम चारमा पुगेका हुन्। 

युरोपियन ओपन टेनिसको सेमिफाइनलमा मर्रे
एजेन्सी- ब्रिटिश खेलाडी एन्डी मर्रे युरोपियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार राति भएको खेलमा मारिउस कोपिललाई पराजित गर्दै मर्रे अन्तिम चारमा पुगेका हुन्। 

तीन पटकको ग्राण्डस्लाम विजेता मर्रेले कोपिललाई ६-३, ६-७ (७-९) र ६-४ को सेटमा पराजित गरेका थिए। मर्रे सन् २०१७ पछि पहिलो पटक एपीटी टेनिसको सेमिफाइनलमा पुगेका हुन्। 

सन् २०१७ मा उनी फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगेका थिए। अब ३२ वर्षे मर्रेले सेमिफाइनलमा उगो हम्बर्टसँग प्रतिस्पर्धा गर्ने छन्।
प्रतिक्रिया दिनुहोस्