मंगलबार, कात्तिक २६, २०७६

समाचार

आज र भोलि भिटामिन 'ए' र जुकाकाे औषधि खुवाइँदै

आज र भोलि देशभरका ५ वर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

आज र भोलि भिटामिन 'ए' र जुकाकाे औषधि खुवाइँदै
काठमाडौं - आज र भोलि देशभरका ५ वर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा देशभरका ७ सय ५३ स्थानीय निकायमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई मिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको जानकारी दिएको छ। 
  
मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण निकायलाई अभियान सफल बनाउनसमेत आग्रह गरेको छ। 
प्रतिक्रिया दिनुहोस्