मंगलबार, कात्तिक २६, २०७६

समाचार

सामान्य विवादमा सिन्धुपाल्चोकमा युवकको हत्या

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा बिहीबार राति एक युवकको हत्या भएको छ। पाँचपोखरी थाङ्पालगाउँपालिकाका ...

सामान्य विवादमा सिन्धुपाल्चोकमा युवकको हत्या
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा बिहीबार राति एक युवकको हत्या भएको छ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र  २४ वर्षीय बमबहादुर स्याङबो फरार छन्।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। (रासस)
प्रतिक्रिया दिनुहोस्