मंगलबार, कात्तिक २६, २०७६

समाचार

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जना पक्राउ परेका छन्। मिर्गौला तस्करी गरेको आरोप  लागेपछि उनीहरुलाई  मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ
काठमाडौं -ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जना पक्राउ परेका छन्। मिर्गौला तस्करी गरेको आरोप  लागेपछि उनीहरुलाई  मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।

प्रहरीले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो। पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्